दफा ९
कसूरको अनुसन्धान तथा मुद्दा दायरी
: (१) संघीय कानून बमोजिम प्रदेश प्रहरी वा प्रदेशस्तरको कुनै निकाय वा अधिकारीबाट अनुसन्धान हुने फौजदारी कसूरको अनुसन्धान सोही निकाय वा अधिकारीबाट हुनेछ।
(२) उपदफा (१) बमोजिम अनुसन्धान भएको नेपाल सरकारवादी हुने मुद्दा महान्यायाधिवक्ता वा निजले तोकेको सरकारी वकील वा संघीय कानून बमोजिम तोकिएको अधिकारीले मुद्दा हेर्ने अधिकारी समक्ष नेपाल सरकारको नामबाट दायर गर्न सक्नेछ।